प्रचण्ड गरे डरलाग्दो खुलासा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रचण्ड गरे डरलाग्दो खुलासा



काठमाडौं । पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेतृ साहना प्रधानले नेपालको राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलका बीच पनि आफूलाई राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक उभ्याएको स्मरण गराउनु भयो ।

शनिबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा नेपालको बाम प्रजातान्त्रिक आन्दोलनकी नेतृ साहना प्रधानको चौंथो स्मृति सभालाई सम्बोधन गर्दै  उहाँले पार्टी एकतासँगै मुलुक निर्माण गर्ने ठूलो अभिभारा आएको भन्दै त्यसलाई पूरा गर्न लाग्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । समाजवाद निर्माण गर्ने अभिभारा पुरा नगरे पार्टीसँग देशै डुब्न सक्ने अध्यक्ष दाहालको भनाई छ ।

तेस्तै प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकलाई समृद्ध बनाउन कर्मी मौरी झैं मेहनती बन्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले कर्मी मौरीझैं मिलेर काम गरे मुलुकलाई छिट्टै समृद्ध बनाउन सकिने पनि स्पष्ट पार्नु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल र नेता बामदेव गौतमले पनि नेतृ साहना प्रधानले नेपालको राजनीतिक र सामाजिक जागरणको आन्दोलनमा खेल्नु भएको नेतृत्वदायी भूमिकाको चर्चा गर्नु भएको थियो ।