गृहमन्त्री खाँणले प्रचण्डसँग किन भेटे
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
शनिबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटवार्तामा समसामयिक राजनीतिबारे छलफल भएको थियो । भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो ।
यस्तै, भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको बताइएको छ ।
सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । भेटमा त्यसबारे पनि छलफल भएको थियो ।