कलाकार बन्ने मान्छे, परिस्थितिले साथ नदिएपछि नेता बनेको हुँ: प्रचण्ड - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कलाकार बन्ने मान्छे, परिस्थितिले साथ नदिएपछि नेता बनेको हुँ: प्रचण्ड



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू परिस्थितिका कारण कलाकार हुन नसकेको बताएका छन् ।

सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड वितरण कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

उनले आफू सानैदेखि गीत गाउने इच्छा भएपनि समयले साथ नदिएका कारण त्यतातर्फ नलागेको बताएका छन् । परिस्थितिले साथ नदिएको र कलाकार हुन नसकेको बताएका हुन् ।

“मेरो पनि गीत संस्कृति, खेल भनेपछि लठ्ठ पर्ने बानी छ। सानोमा आफूलाई गीत संगीततिर लाने हो भन्ने ठान्थें तर इच्छा भएर पनि परिस्थितिले साथ दिएन। नत्र म पनि कलाकारै हुन्थें होला जस्तो लाग्छ,” प्रचण्डले भने।