चितवनका जनतालाई प्रचण्डको ‘जय नेपाल’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको चुनावी सभामा जय नेपाल भन्दै अभिवादन गरेका छन् ।
बिहीबार भरतपुरमा सत्ता गठबन्धनको चुनावी सभामा रुख र हँसिया हथौडाको सम्बन्ध निकै लामो रहेको बताउँदै उनले भने, ’जय नेपाल र लालसलामको सम्बन्ध निकै लामो छ । हामी एक ठाउँमा नभएसम्म तानाशाही पराजित हुन सकेन । हामीले पञ्चायतविरुद्ध लड्ने कदमदेखि नै सहकार्य गरेको हो ।’
भरतपुमा हँसिया हथौडामा मतदान गर्न नसक्ने बताउँदै बागी उम्मेदवार दिएका जगन्नाथ पौडेललाई लक्षित गर्दै उनले भने, ‘पञ्चायतविरुद्ध लड्न सहकार्य, शान्ति सम्झौता र संविधान निर्माणदेखि संविधान बचाउन हँसिया हथौडा र रुखबीचको सहकार्य के गलत थियो ?’
आफूले विगतमा कांग्रेससँगको गठबन्धन तोड्दा कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएर एमालेसँग गठबन्धन गरेको प्रचण्डले बताए ।