प्रधानमन्त्री ओली भेट्न ग्राण्डी पुगे प्रचण्ड - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

प्रधानमन्त्री ओली भेट्न ग्राण्डी पुगे प्रचण्ड



काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी ईन्टरनेश्नल अस्पताल पुगेका छन् ।

आज पनि प्रधानमन्त्री ओलीको डायलाईसिस गरिएको हो । उनको दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रचण्ड अस्पताल पुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्न यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेताहरु नारायणकाजी श्रेष्ठ र भीम रावल पनि अस्पताल पुगेका थिए ।

तीन मध्ये नेता पोखरेलले मात्रै ओलीलाई भेट्न पाएका थिए । तर, नेताद्धय श्रेष्ठ र रावलले भने ओलीको डायलाइसिस प्रकृया जारी रहेकाले नभेटी फर्किएका थिए।