प्रचण्डपथमा नफर्किने प्रचण्डको घोषणा - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

प्रचण्डपथमा नफर्किने प्रचण्डको घोषणा



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डपथ हतारमा छाडिएको भएपनि अब त्यसमा फर्किन नसकिने बताएका छन् ।

सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले युद्धकालिन अवस्थगामा प्रचण्डपथ पारित गरिउको उल्लेख गर्दै शान्ति प्रक्रियामा आइसकेपछि देशअनुसार पार्टीलाई ढाल्ने र वृहत्तर कम्युनिष्ट एकताका लागि स्थगन गरिएको बताए ।

कुनै छलफल र समिक्ष नै नगरि प्रचण्डपथ स्थगन हुनु गलत भएको अहिले महसुस भएपनि अब त्यसैमा फर्किन सकिने अवस्था भने नभएको उनको भनाई छ ।

उनले भने – प्रचण्डपथ हामीले युद्धकालिन अवस्थामा पारित गरेका थियौँ । शान्ति प्रक्रियामा आएपछि देशअनुसार पार्टीलाई ढाल्ने र वृहत्तर कम्युनिष्ट एकताका लागि प्रचण्डपथ स्थगन गरियो । तर हतारमा छलफल र समिक्षा नगरी स्थगन भयो भन्ने बारेमा अहिले पनि पार्टीमा कुराहरु उठिरहेका छन् । कहिँ न कहिँ हामीले प्रचण्डपथ छाड्नुमा गल्ति थियो भन्ने भइरहेको छ ।

उनले यो विषयमा जारी स्थायी कमिटी बैठकमा पनि छलफल भइरहेको बताए ।

बैठकमा छलफल भएपछि फेरि प्रचण्डपथमा फर्किने अवस्था नभएको उनको भनाई छ । उनले भने – फेरि प्रचण्डपथमा नै फर्किने हुँदैन् । तर पार्टीलाई नयाँ ढंगले वैचारिक राजनीतिक मार्गदर्शनमा लैजान विचार बहस गरिरहेको छौँ ।