प्रचण्डले भने: सरकार गम्भीर मोडमा छ, जे पनि हुनसक्छ ! - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

प्रचण्डले भने: सरकार गम्भीर मोडमा छ, जे पनि हुनसक्छ !



काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसामू गम्भीर चुनौति रहेको बताएका छन्।

अध्यक्ष दाहालले जनतासँगको सम्बन्धलाई सुदृढ नबनाएर क्रान्तिका उपलब्धि गुम्नसक्ने खतरा औंल्याउँदै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले सरकारमाथि चौतर्फी घेराबन्दी सुरु गर्ने काम प्रतिक्रान्तिकारीहरुले गरिरहेको दावी गर्दै त्यसलाई प्रतिवाद गरेर जान ‘आँखा तिखो र कान ठाडो’ बनाउने बेला आएको धारणा राखे।

दाहालले सरकार गम्भीर मोडमा रहेको चौतर्फी घेराबन्दी भएकोले निकै नै अफ्ट्यारो समय आएको पनि बताए ।

अध्यक्ष दाहालले क्रान्तिको उपलब्धि विरुद्ध प्रतिक्रान्तिकारीहरुले शक्ति परिचालन गर्ने गरेको लेनिनकालीन अतित पनि स्मरण गराए।

पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कर्मचारीहरुको उचित व्यवस्थापन गर्ने काममा ढिलाई नगर्न सरकारलाई सुझाव पनि दिए।

अध्यक्ष दाहालले कर्मचारीहरुलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउने आश्वासन पनि दिए।