माधव नेपालसँग वार्ता लगत्तै प्रचण्डलाई ओलीले गरे फोन - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

माधव नेपालसँग वार्ता लगत्तै प्रचण्डलाई ओलीले गरे फोन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपालसँग वार्ता गरेलगत्तै ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलीफोन गरेका छन् ।

माधव नेपालसँगको वार्ता लगत्तै उनले प्रचण्डलाई पनि फोन गरेका थिए । राजनीतिक घटनाक्रमको तिब्र विकास भैरहँदा एमाले अध्यक्ष समेत रहेका ओलीले प्रचण्डलाई पनि फोन गरेर छलफलको प्रस्ताव राख्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्डले ओलीविरुद्ध मोर्चा बनाउने प्रयास गरिरहेकै बेला ओलीले आफ्नै पार्टीभित्र र अन्य पार्टीक नेताबीच परामर्श थालेका हुन् । सधैजसो एकातिर नजर र अर्कातिर निशाना लगाउने प्रधानमन्त्री ओलीले नेताहरूबीच किन परामर्श गरिरहेका छन् भन्ने खुलेको छैन ।

नेकपा विघटनपछि प्रचण्डलाई ओलीको यो चौथो फोन हो । पहिलो पटक प्रचण्ड पत्नि सिता दाहालको स्वास्थ्यलाभका लागि ओलीले फोन गरेका थिए भने दोस्रोपटक अदालतले नेकपाको एकता खारेज गर्दै एकीकरणका लागि नयाँ नाम लिएर आउन भनेपछि पनि प्रचण्डलाई फोन गरेका थिए।

तेस्रो पटक ललितपुरको एक कार्यक्रममा पुगेका बेला ओलीले फोन गरेका थिए । त्यतिबेला ओलीले बालुवाटारमा छलफलका लागि आउन आग्रह गरेका थिए । प्रचण्डले आउन नमानेपछि ओलीले तत्काल सर्वदलीय बैठक आह्वान गरेका थिए ।