प्रचण्डले भने: भोलि सबै फाइनल हुन्छ - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

प्रचण्डले भने: भोलि सबै फाइनल हुन्छ



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म मन्त्रिपरिषद् विस्तारबारे सबै फाइनल हुने स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन्।

प्रचण्डले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुनसक्ने बैठकमा ब्रिफिङ गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए। बुधबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकका निर्णय सार्वजनिक गर्दै महराले अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नहुने बताए।

मन्त्रालयका विषयमा गठबन्धनको बैठक बसेर छलफल हुने र भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुनसक्ने उनले बताए। राजनीतिक दल सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने उनले बताए।

राजनीतिक दल सम्बन्धी अध्यादेशका कारण गठबन्धनले सरकार विस्तार गर्न सकेको थिएन। एकीकृत समाजवादी पार्टी र जनता समाजवादीले अध्यादेशलाई देखाउँदै सरकारमा सहभागी भएका थिएनन्।