प्रचण्डलाई फेसबुकमा गाली गर्दा पक्राउ - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रचण्डलाई फेसबुकमा गाली गर्दा पक्राउ



चितवन: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसवुकमा गाली गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका होटल व्यवसायी सुवोध श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रचण्डलाई गाली गलौज गर्ने हिसावले प्रधानले स्टाटस लेखेको भन्ने उजुरीको आधारमा प्रधानलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनका बारेमा धेरै पहिल्यैदेखि प्रहरीले चासो दिइरहेको चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले बताए ।

प्रधानले अति नै गालीगलौज गरेर स्टाटसहरु लेख्ने गरेको गुनासो पहिल्यैबाट आउने गरेको उनले बताए । पक्राउ परेका प्रधानसँग आवश्यक सोधपुछ गर्न बाँकी नै रहेको जानकारी एसपी रौठारले दिए । उजुरीकर्ताको परिचय गोप्य राखिएको छ ।

प्रचण्डको बारे प्रधानले राखेको पोष्टको स्क्रिन सट कपी समेत उजुरीमा राखिएको छ । पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका प्रमुख एवं तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।