राजनीतिमा नयाँ ट्वीस्ट - देउवा निस्किएलगत्तै ओलीको कार्यकक्षमा प्रचण्डको प्रवेश - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

राजनीतिमा नयाँ ट्वीस्ट – देउवा निस्किएलगत्तै ओलीको कार्यकक्षमा प्रचण्डको प्रवेश



सत्तारुढ दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भयो ।

देउवा निस्किएलगत्तै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड ओलीको कार्यकक्षमा पुगेर भेटवार्ता भैरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।