निर्वाचनसम्बन्धी सर्वेक्षण गर्न प्रचण्डको निर्देशन, देशभरिबाट कति सीट आउला ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

निर्वाचनसम्बन्धी सर्वेक्षण गर्न प्रचण्डको निर्देशन, देशभरिबाट कति सीट आउला ?



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनका लागि आवश्यक अध्ययन, विश्लेषण र योजना बनाउन निर्देशन दिएका छन् ।

उनले पार्टीमा ५ बुँदे आन्तरिक सर्कुलर जारी गर्दै प्रचण्डले २०७९ साल मा हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनका लागि सर्वेक्षण गर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सर्कुलरमा निर्वाचनका निम्ति आवश्यक अध्ययन, विश्लेषण र योजना निर्माण कार्यका लागि पहल शुरू गर्न निर्देशन दिइएको हो । त्यस्तै सर्कुलरमा यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउनसमेत निर्देशन दिएका छन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि निर्वाचनसम्बन्धी तथ्यहरूको विश्लेषण गर्न नेताहरूलाई निर्देशन दिएका थिए ।

सत्तारूढ गठबन्धन कायमै रहेमा एमालेले प्रत्यक्षमा ५ देखि ८ सिट मात्र ल्याउने रिपोर्ट ओलीको थमाइएको थियो ।