प्रचण्डले गरे पार्टी एकता भाँड्नेको खुलासा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रचण्डले गरे पार्टी एकता भाँड्नेको खुलासा



झापा :सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले एकता नटुंगिसकेको अवस्थामा पार्टी भित्र प्वाल पार्ने तत्व सक्रिय भएको बताएका छन् ।

झापा र इलामको बीचमा रहेको सुखानी सहिद पार्कमा आयोजित सहित स्मृति तथा श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष दाहालले एमाले–माओवादी एकतापछि प्रतिक्रियावादीहरुले प्वाल पार्ने षडयन्त्र गरिरहेको खुलासा गरेका छन् ।

सम्बोधनका क्रममा अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि अब षड्यन्त्रकारी आफैँ पछि हट्ने बताएका छन् ।

झापा विद्रोहका बेला तत्कालिन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ साल फागुन २१ गते जेल सार्ने बहानामा सुखानीमा गोली हानी हत्या गरिएको थियो ।
योद्धालाई हत्या गरेको सम्झनास्वरुप नेपालका कम्युनिस्ट पार्टीले हरेक वर्ष फागुन २१ गते विशेष कार्यक्रम गर्दै उनीहरुलाई सम्झने गरेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएपछि दुई शीर्ष नेताले पहिलोपटक आज सुखानीमा सम्बोधन गरेका हुन् । झापा विद्रोहका एक नेता वर्तमान प्रधामन्त्री केपी शर्मा ओली पनि हुन् ।

मंगलबारको ४६ औँ सुखानी सहिद स्मृति दिवसलाई श्रद्धाञ्जली विषेश बनाइएको थियो । केहि दिनअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका नेता भरतमोहन अधिकारीको संयुक्त श्रद्धाञ्जली सभा पनि सुखानीमा गरिएको थियो ।