प्रचण्डले भने: वाम एकता टाउको दुखाई भयो - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रचण्डले भने: वाम एकता टाउको दुखाई भयो



गोरखा- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता प्रतिक्रान्तिकारीका लागि टाउको दुखाई बनेको बताएका छन्। शनिबार गोरखामा आयोजित जिल्ला पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भने ‘प्रतिक्रान्तिकारीहरु पहिलेभन्दा बढी शक्ति लगाएर सत्ता फिर्ता गर्न चाहान्छन्।’

अध्यक्षले संविधानसभाबाट संविधान, संघीय संरचना अनुरुप स्थानीय सरकारका निर्वाचन, कम्युनिष्ट पार्टी नेतृत्वको सरकार, दुई ठूला पार्टीबीचको एकता नेपालको इतिहासमा दूरगामी महत्व राख्ने बताए।

एक अर्काे कार्यक्रममा उनले सबै आर्थिक क्षेत्रका कम्पनी तथा लगानीकर्तालाई रोजगारीको वातावरण बनाउन आग्रह गरे। विदेशमा रहेका नेपाली युवायुवतीलाई नेपाल आउनुस् भनेर मात्र फर्केर नआउने उनले बताए। गोरखा च्याम्बरले आयोजना गरेको दशैं सस्तो बजार तथा सस्तो मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्षले प्रचण्डले नेपाल आर्थिक संमृद्धिको अभियानमा प्रवेश गरेको भन्दै रोजगारी सृजना गरी विदेशिएका नेपाली फर्काउनुपर्ने तर्क गरे। गोरखा जिल्ला नेपालको इतिहासमा, नेपालको राजनितिक परिवर्तनको इतिहासमा अग्रणी भूमिका खेलेको जिल्लाको रुपमा चिनिने भन्दै प्रचण्डले आर्थिक समृद्धिको अभियानमा पनि ठूलो भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका थिए।