प्रचण्डले यसरी बढाए दबाब - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

प्रचण्डले यसरी बढाए दबाब



काठमाडौं–नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो बजेट पेस गरेकै दिन बुधबार अर्का अध्यक्ष प्रचण्डले एक वर्षअघि एकीकरणको क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतिको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएपछि पार्टीमा नयाँ तरङ्ग पैदा भएको छ ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उक्त अभिव्यक्ति दिएकै दिन यसअघि ‘दुई अध्यक्षबीचको गोप्य सहमति’ भनिँदै आएको पत्रसमेत सार्वजनिक हुनलाई दाहालले पार्टी वा सरकारमध्ये एउटा आफूले पूर्णरुपमा चलाउन पाउनुपर्ने वातावरणका लागि दवाव बढाएको अर्थमा बुझिएको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।