प्रचण्डलाई पनि कोरोना संक्रमण - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

प्रचण्डलाई पनि कोरोना संक्रमण



काठमाडौं । महाधिवेशनपछि माओवादी केन्द्रका एकसे एक नेताहरूलाई कोरोना संक्रमण भएको छ ।

केन्द्रीय कार्यालयका कर्मचारी लगायत केहि नेताहरूलाई संक्रमण भएपछि आइसोलेशनमा बसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको छ ।

प्रचण्डको निजी सचिवालयले स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएको छ।