प्रचण्डको एक सवाल: कांग्रेसका ३ जवाफ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रचण्डको एक सवाल: कांग्रेसका ३ जवाफ



लामो समयको अन्तरालमा मुख खोलेका प्रचण्डले आज सार्वजनिक कार्यक्रम मार्फत डा केसीले २४ दिन देखि गरिरहेको १५औं अनसनलाई नेपाली काँग्रेससँग जोडेर टिप्पणी गरेका छन् । उनले काँग्रेससँग अन्य एजेन्डा बाँकी नरहेकोले डा केसीलाई हतियार बनाएर काँग्रेसले उनको लासको राजनीति गर्न खोजेको आरोप समेत लगाए । तर, एउटा टिप्पणीको जवाफमा प्रचण्डलाई काँग्रेसले पुग्नेगरी जवाफ दिएको छ ।

सायद प्रचण्डले नसोचेका पनि होलान् काँग्रेस यसरी उत्तेजित बनेर एउटा टिप्पणीको ३-३ वटा जवाफ फर्काउला भनेर त्यो पनि नगद र तात्तातो ।

लामो समयको मौनतापछि सार्वजनिक कार्यक्रममा ठ्याक्कै ओलीकै लाइनबाट टिप्पणीमा उत्रिएका उनको बोली सामाजिक सञ्जाल र पत्रपत्रिकालाई मसलाको बनेको छ ।

यस्तो छ उनको टिप्पणी र काँग्रेसका तीन जवाफ:

प्रचण्डको टिप्पणी 

तथा कथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ र त्यो लासको राजनीति गर्न चाहने हो कि भन्ने प्रश्न गम्भीर रूपमा खडा भएको छ ।

नेपाली काँग्रेसले खोजेको चैँ के हो ? नेपाली काँग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र डाक्टर गोविन्द केसीको पुछ्छर समातेर तार्न हरण गर्न खोजेको हो ?

काँग्रेसले आफ्नो राजनीति गोविन्द केसी मार्फत गर्नुपर्ने ठाउँमा पुगिसकेको हो ? काँग्रेस यति निम्छरो, यति कमजोर, यति एजेन्डाबिहिन यति अलोकतान्त्रिक भइसकेको हो ?

अब हेरौँ काँग्रेसका तीन जवाफ:

विश्वप्रकाश शर्माको ट्वीट

प्रचण्डलाई उनले आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गर्दै ट्विटमा लेखेका छन्, ` डा केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड ? काँग्रेस माथिको प्रश्नमा केवल यति भनौँ … माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ? लासको राजनीति´ आरोप लगाउनु अघि आफ्नो व्यक्तित्वको उचाइ र पृष्ठभूमि हेक्का राख्नुपर्थ्यो कि कमरेड !! ‘

काँग्रेसले जारी गरेको विज्ञप्ति:

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा ‘आजको एक कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेता पुष्पकमल दाहालले व्यक्त गर्नु भएको धारणाप्रति हाम्रो ध्यानाकर्षण भएको’ उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा ‘प्रधानमन्त्रीज्यूले हाल भइरहेको आन्दोलनलाई लक्षित गर्दै डा. गोविन्द केसी र उहाँको मुद्दालाई समर्थन गर्नुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु भन्ने अभिव्यक्ति दयनीय त छ नै आपत्तिजनक पनि छ । हामी स्मरण गराउन चाहन्छौँ, लोकतन्त्र भनेको लाख मानिसले जुलुस गर्न पाउने अधिकार मात्र होइन, केवल एक जना व्यक्ति मात्रैले पनि न्यायको लागि आवाज उठाउँछ भने राज्यले त्यसलाई सुनुवाइ गर्नु  वास्तविक लोकतन्त्र । त्यसमा पनि डा. गोविन्द केसी केवल एक जना व्यक्ति मात्र नभई यति बेला आम नेपालीले समर्थन गरिरहेका अभियुक्त हुनुहुन्छ । उहाँको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा. केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाइ अनुरूपको स्वभनिय अभिव्यक्ति विल्कुलै होइन ।’ भनिएको छ ।

त्यस्तै डा. केसीले विगतमा गर्नु भएको अनसन र मागलाई सम्बोधन गर्ने क्रममा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा. केदारभक्त माथेमाको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन गरेको स्मरण गराएको छ । ‘सोही कार्यदलको प्रतिवेदनमा आधारित रहेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको अघिल्लो सरकारले अध्यादेश जारी गरी डा. गोविन्द केसीले उठाउनु भएका मागहरू पुरा गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समय सडक तथा सदनमा उत्पन्न भएको समस्या काँग्रेसका कारण नभएको भन्दै ओली सरकारका कारण नै समस्या सिर्जना भएको काँग्रेसले जनाएको छ । ‘आजको मितिमा उत्पन्न भएको समस्या नेपाली काँग्रेस वा डा. केसीका कारण नभई सो अध्यादेशलाई उल्ट्याउनतर्फ ओली सरकार उद्धत भएका कारण उब्जिएको समस्या भएको सबैमा जगजाहेर नै रहेको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै काँग्रेसले डा. केसीको मागलाई सम्बोधन गरी उनको जीवन रक्षा गर्न पक्ष र प्रतिपक्ष दुवै ऐक्यवद्ध ढङ्गले गम्भीर हुन जरुरी रहेको समेत बाएको छ । तर सांसदलाई समेत छलेर सडकमा दमनको अस्त्र प्रयोग गर्ने सरकारलाई सच्चिनका लागि दबाब दिनु पर्नेमा उल्टै नेता दाहालले काँग्रेस माथि लासको राजनीति गरेको आरोप लगाउनु दुःखद  रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसले पार्टी बिलय गराएका प्रचण्डलाई काँग्रेसको चिन्ता नगर्न सल्लाह दिएको छ ।  ‘नेपाली काँग्रेस हलुका र दम्भयुक्त शब्द लफ्फाजी भन्दा माथि उठेर तत्कालै समाधानमा पुग्न सम्माननीय प्रधानमन्त्रीज्यू र सिङ्गो सत्तापक्षलाई फेरी पनि सचेत गराउन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

धनराज गुरुङको स्टाटस:

क.पुकदाज्युले काँग्रेसलाई लास माथिको राजनीति गर्न खोजेको आरोप लगाउनु भएछ। क.पुकदाज्यु! सत्र हजार नेपालीको लास माथि उभिएर यस्तो अभिव्यक्ति दिइरहँदा तपाईँलाई आत्मग्लानि भएन? आफ्नै आत्माले सरापेन? पाप बोले जस्तो लागेन? धर्म गर्न नसके पनि कम्तीमा पाप नबोल्नुस् त।