प्रचण्डलाई 'कमेडी शो'मा पठाए हुन्छ: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १३ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 25 2026
Logo

प्रचण्डलाई ‘कमेडी शो’मा पठाए हुन्छ: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कमेडी शो मा जानको लागि सिफारिस गरेका छन् । उनले पार्टी बिभाजन नहुँदै निर्वाचन आयोगमा जानेकार्य कमेडी भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

पार्टी विभाजन उन्मुख रहँदै सो समूह निर्वाचन आयोगमा पुगेको विषयलाई उनले मजाकको रुपमा चित्रण गरे।

‘२०७४ असोज टिकाको दिन दुबै सूर्य चिन्हमा लड्ने सहमति भयो। भोलिपल्ट उहाँहरुले मान्नु भएन,’ उनले भने, ‘अण्डाभित्रको हसियाँ हथौडामा लडे। अहिले तिनलाई सूर्य चाहियो रे। लाज लाग्नुपर्ने होइन्? प्रचण्ड कहिले सूर्यबाट चुनाव लडेका थिए। यस्तो मजाक एउटा कमेडियन सो छ नि त्यता पठाइदिए हुने।’

उनले माधव नेपाललाई पदको लोभ रहेको भन्दै व्यंग्य गरे, ‘चुनाव हारेका अन्तैबाट रिमोट दबाएर प्रधानमन्त्री बने र मदन भण्डारी मरेपछि महासचिव र मैल छाडेपछि अध्यक्ष।’

‘उहाँलाई नगदै चाहियो रे। अध्यक्ष चाहियो रे। मैले महाधिवेशनसम्म रोक्नुस् न भने उहाँलाई नगदै चाहियो रे,’ उनले भने, ‘केन्द्रीय कमिटी बैठकमा नआएर माइतिघर मण्डलामा गएर हामी यहाँ छौँ भनेर टासेर बसेछन्। थकाइ लागेपछि अलि माथि उक्लिएर कार्की ब्यंक्वेटमा पुगेर खाइपिइ गरे होलान्। अनी कसैले अध्यक्ष भनिदिएछ। अनि पुग्यो।’