नेकपालाई जीवनदान दिन चिनिया टोली सक्रिय: प्रचण्ड भेट्न बिहानै खुमलटारमा - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

नेकपालाई जीवनदान दिन चिनिया टोली सक्रिय: प्रचण्ड भेट्न बिहानै खुमलटारमा



काठमाडौं- विभाजित बनेको नेकपालाई जीवनदान दिन आइतबार नेपाल आएको चिनिया टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटवार्ता गरेको छ ।

नेकपालाई मिलाउने अन्तिम प्रयास गर्न काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधि मण्डल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोलीले प्रचण्डसँग छलफल पछि आजै विभाजित नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्दैछ ।

आइतवार विशेष विमानबाट काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।