प्रचण्डले दिए मुलुकमा दुर्घटना निम्तने चेतावनी - Himal Post Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

प्रचण्डले दिए मुलुकमा दुर्घटना निम्तने चेतावनी



जनकपुर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सरकारले संघीय सरकारलाई ‘ओभरटेक’ गरे मुलुकमा दुर्घटना निम्तने चेतावनी दिएका छन् ।

मंगलबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले प्रदेश सरकारको मागप्रति नेकपा गम्भीर भएको भन्दै दुर्घटना निम्त्याउने कदम नचाल्न आग्रह गरे ।

प्रदेश प्रहरी ऐनले राष्ट्रिय चर्चा पाएको बताउँदै दाहालले मौलिक हकसम्बन्धी धेरै कानुन निर्माणको चरणमा रहेकाले प्रदेश सरकारले प्रहरी ऐन पहिले ल्याए त्यसले खतरा निम्त्याउनेमा सचेत गराए ।

अध्यक्ष दाहालले मधेसमा उठ्दै आएको विभेदको अन्त्य र विकासको मुद्दा सम्बोधन गर्न आफू तयार रहेको पनि बताए ।

कार्यक्रममा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतसहित संघीय सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।