२०७५ अशोज ९, मङ्लबार

प्रचण्ड चीन उड्ने समय तोकियो: तालिका यस्तो

September 14, 2018
96 Views
Spread the love
  • 34
    Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा प्रचण्ड शनिवार चीन जाने कार्यक्रम तय भएको छ । प्रचण्ड गत साता मात्र भारतको साताव्यापी भ्रमणबाट स्वदेश फर्केका थिए ।

भारत भ्रमणको क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए । प्रचण्डको यसअघि सेप्टेम्बर १७ मा चीन जाने तय भएपनि उनि शनिवार नै चीन जान लागेका हुन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण निजी भ्रमण भएको बुझिएको छ । प्रचण्डसंगै भ्रमणदलमा पत्नी सिता दाहाल, उनकी स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल र एक जना सहयोगी सहभागी हुनेछन् ।

उच्च स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले चीन भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपति ली युनचाओसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका उच्च अधिकारीसंग पनि छलफल गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति ली चिनिया राष्ट्रपति सि जिनपिङका सबैभन्दा विश्वासिला नेता मानिन्छन् । चिनियां राष्ट्रपति सी रसिया भ्रमणमा रहेकै बेला अध्यक्ष प्रचण्डको चीन भ्रमण हुन लागेको हो । सी स्वदेश फर्केलगत्तै भेटवार्ताको टुंगो लाग्ने स्रोतको दाबी छ । प्रचण्ड परिवारसहित चीनको नानजिङ र ऐनान जाने कार्यक्रम समेत तय भएको छ ।

माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतापछि हुन लागेको प्रचण्डको यो पहिलो चीन भ्रमण हो । उनले दुई पार्टीको एकतापछि बनेको नेकपाको सरकारको सम्बन्ध सुदृढ गर्नको लागी दुवै छिमेकी मुलुकको भ्रमणमा आफु जाने यसअघि नै बताइसकेका छन् ।

Facebook Comments
  • 34
    Shares

You may be interested

एनकाले सत्र २०१८ -१९ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै
अष्ट्रेलिया
0 shares17 views
अष्ट्रेलिया
0 shares17 views

एनकाले सत्र २०१८ -१९ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै

himal post - २०७५, ९ आश्विन २१:५६

साउथ अस्ट्रेलिया एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका)ले सत्र २०१८ -१९ मा आयोजना गरिने बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिदै उद्घाटन…

श्री ५ ओली र योगेश भट्टराईको ‘रामकहानी’
राजनीति
0 shares150 views
राजनीति
0 shares150 views

श्री ५ ओली र योगेश भट्टराईको ‘रामकहानी’

himal post - २०७५, ९ आश्विन २०:४७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका सांसद…

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)
मनोरञ्जन
0 shares134 views
मनोरञ्जन
0 shares134 views

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)

himal post - २०७५, ९ आश्विन २०:३०

काठमाण्डौ। अलग प्रकृतिका गायक हुन पुष्कल शर्मा । फरक तरिकाका गीत, फरक तरिकाले गरिने बजारशैलीले कहिले ताली र कहिले गाली…