२४ घण्टा नबित्दै प्रचण्डले बोली फेरे
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोली फेरेका छन् । बिहिबार एमसीसीको नारा लगाएका कार्यकर्तालाई रोकेका उनले शुक्रबार बिहानै आफूले एमसीसीको समर्थन नगरेको बताएका छन् ।
प्रचण्डले आफूले एमसीसीको समर्थन गरेको भनि गरिएको प्रचार सत्य नरहेको दाबी समेत गरेका छन् । उनले एमसीसीबारे पार्टीमा आफूहरु छलफलमै रहेको बताए।
बिहीबार आमहड्तालका क्रममा प्रचण्ड सहभागी भएको क्षेत्रमा एमसीसीविरुद्ध नाराबाजी भएको थियो । तर प्रचण्डले एमसीसीविरुद्धमा नाराबाजी गर्न रोकेका थिए।
शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रच्ण्डले भने, ‘एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन, हामी छलफलमै छौँ।’
उनले आमहड्ताल जे का लागि थियो त्यसमै केन्द्रीत नभए निशाना कमजोर हुने भन्दै आफूले त्यसो गरेको बताए।
‘हिजो हामीले संवैधानिक परिषदको ज्याददीपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ । त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो’, प्रचण्डले भने।
उनले आफूले केहीदिन अघि अमेरिकन राजदूतसँग कुरा गर्दा पनि एमसीसी परिमाजर्न गर्ने सम्भावना छ कि छैन भनेर कुरा राखेको बताए।