पार्टीमा विद्रोह हुन लागेपछि प्रचण्डले बोलाए माओवादीको आकस्मिक बैठक - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पार्टीमा विद्रोह हुन लागेपछि प्रचण्डले बोलाए माओवादीको आकस्मिक बैठक



काठमाडौं : नेकपा(माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनको पक्षमा उभिएपछि पार्टीभित्र तीव्र विवादको समाधानका लागि माओवादीले केन्द्रीय समितिको बैठक बोलाएको हो।

पार्टीका नेताहरूले विद्रोहको तयारी गरेपछि त्यसलाई रोक्न उनले बैठक बोलाएको बताइएको छ । यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक यही २० गते शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए।

उनका अनुसार बैठक शुक्रबार बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्नेछ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको पक्षमा उभिने निर्णय गर्दैगर्दा नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेता श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनमा पुगेका थिए।

यता, पुसमा सकिएको महाधिवेशनले अध्यक्षबाहेक पार्टी पदाधिकारी चयन गर्न सकेको छैन। यीबाहेक गठबन्धनको भविष्य, आगामी निर्वाचन लगायतको विषयमा पनि छलफल हुनेछ।