माओवादी केन्द्रीय कमिटीमा प्रचण्डको चर्को विरोध
काठमाडौं- माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोध भएको छ । शनिबारदेखि बसेको केन्द्रीय कमिटिको बैठकमा पार्टीको विभिन्न तहका अधिवेशनहरूको प्रचण्डले प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा केहि असन्तुष्ट नेताहरूले वोरोध गरेको स्रोतले बताएको छ ।
कतिपय ठुला निर्णय एक्लै गर्ने गरेको र पार्टीका लागि दिइएको सुझाव समेत लागु नगरेको भन्दै केहि नेताहरूले प्रचण्डको विरोध गरेका छन् । त्यस्तै केहि नेताहरूले पहिलेको प्रचण्ड र अहिलेको प्रचण्ड धर्ती आसमान फरक रहेको भन्दै पार्टी बिग्रनुमा प्रचण्डले जिम्मेवारी लिनुपर्ने बताएका थिए ।
कार्यसूचीको विरोध
बैठकमा पार्टीको विभिन्न तहका अधिवेशनहरूको प्रचण्डले प्रस्ताव गरेक छन् तर प्रचण्डले कतिपय चाडपर्वको ख्याल नै नगरी कार्यसूची बनाएपछि यसको पनि बैठकमा विरोध भएको छ । कार्यसूची बनाउँदा दसैँ पर्वमा पर्नेगरी बनाएपछि प्रचण्डको आलोचना समेत भएको छ ।
प्रचण्डले बनाएको क्यालेन्डरमा त्रुटि देखिएपछि आइतबारको बैठकमा बोल्ने नेताहरूले प्रचण्डको कार्यक्षमतामा पनि ह्रास आएको बताएका थिए । यस वर्षको विजयादशमी असोज २९ गते परेको छ । जबकि प्रचण्डले टीकाको भोलिपल्टै अर्थात् असोज ३० गते ७५६ वटै स्थानीय तहमा गाउँ–नगर अधिवेशन गर्ने प्रस्ताव गरेर कार्यसूची तयार गरेका छन् ।
आइतबार बैठकमा बोल्ने नेताहरूले प्रचण्डको धेरै बिषयमा विरोध गरेको बताइएको छ । केहि नेताहरूले विरोध गर्दा कहिले भने रोक्न खोजेका थिए । कतिपय नेताहरूले प्रचण्डको जीवनशैलीमा समेत प्रश्न उठाएको बताइएको छ ।