प्रचण्डले भने : विप्लवले अब सुख पाउंदैनन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) समूहले मूलधारको राजनीतिमा नआई सुख नपाउने बताएका छन् ।
मंगलबार नेकपामा विप्लव समूहका केही नेता–कार्यकर्ता भित्र्याउँदै उनले भने, “जेजति उपलब्धि हासिल गर्नुपर्ने थियो, प्राप्त भइसक्यो । तपाईंहरूले ढिलो–छिटो जे निर्णय गर्नुभएको छ, सही गर्नुभएको छ । केही समयपछि विप्लव पनि यसैगरी आउनुपर्छ,” उनले भने ।
उनले नेपाल कम्युनिस्ट आन्दोलनमा सङ्घर्ष गरेर प्राप्त गरेको उपलब्धिमा टेकेर समाजवादतिर अघि बढ्ने स्पष्ट पारे ।