प्रचण्डको भारत र चिन भ्रमणको मिति तय: किन गर्दैछन भ्रमण ? - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

प्रचण्डको भारत र चिन भ्रमणको मिति तय: किन गर्दैछन भ्रमण ?



काठमाडौंः नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत तथा चीन भ्रमणको मिति तय भएको छ। उनको भ्रमणको तालिका सार्वजनिक नगरिएको भए पनि आन्तरिक रुपमा भ्रमणको मिति टुंगो लागेको छ।

प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्ने भएका छन्। त्यस्तै असोज एक गतेदेखि एकहप्ता लामो चीन भ्रमण गर्ने भएका छन्।

नेकपाको एकिकरण पछि प्रचण्ड पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन्।  प्रचण्डको भ्रमणलाई पहिले आफ्नो देशमा गराउनको लागि काठमाडौंमा रहेका भारतीय र चिनिया दूतावास सक्रिय भए पनि प्रचण्डले पहिले भारतको भ्रमण गर्ने निर्णय गरेका छन्।