नेकपा विवाद थप पेचिलो बन्दै: प्रचण्ड पुगे भैँसेपाटी
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद थप पेचिलो बन्दै गइरहेको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको छलफल तिक्ततापूर्ण भएपछि थप पेचिलो बनेको नेकपा वृत्तमा चर्चा छ ।
विवाद मिलाउने र पार्टीलाई विभाजनबाट बचाउने भन्दै अध्यक्षद्वयले पटक पटक गरेका प्रयास असफल भैसकेका छन् । यस्तैमा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रचण्ड भैसेपाटी पुगेको खबरले थप तरंग ल्याएको छ । उपाध्यक्ष गौतमभेट्न उनकै निवास भैँसेपाटीमा प्रचण्ड पुगेका हुन्।
अहिले केहि समयअघि अध्यक्ष प्रचण्ड उपाध्यक्ष गौतम निवास पुगेका उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन्। अध्यक्ष प्रचण्ड केही समयअघि आइपुग्नु भएको छ। अहिले छलफल चलिरहेको छ, उनले भने ।
मंगलबार बेलुका प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डको छलफल हुदैछ। त्यही बिषयमा केन्द्रीत भएर छलफल गर्न लागिएको आंकलन गरिएको छ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा उपाध्यक्ष गौतमलाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल सक्रिय भएका छन्।
विवादका क्रममा अध्यक्ष प्रचण्डनिकट रहेको गौतम पार्टीभित्रको विवाद समाधान गर्न भन्दै गत मंगलबारबाट ओली निकट भएपछि प्रचण्ड नेपाल समूह भने केहि हच्किएको देखिएको छ। गौतमले ६ बुँदे प्रस्ताव अघि सार्दै ओली पक्षमा उभिएका थिए । सोहि दिन प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई भेट गर्न निवासमै पुगेका थिए ।
तर, उपाध्यक्ष गौतमलाई उनी निटका नेताहरुले सो प्रस्तावबाट पछि हट्न आग्रह गर्दा समेत अस्विकार गरेका थिए। विवादलाई लिएर समाधानको स्वरुप प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आइतबारबाट छलफल चलिहरेको छ।
लगातार बैठक र वार्ता भएपनि सहमतिको विन्दु भेटिएको छैन, बरू झन् झन् विवादले फरक मोड लिएको बताइएको छ । मंगलबार पनि ५ बजे ओली र दाहालबीच छलफल हुने कार्यक्रम तय भएको छ। त्यही क्रममा अध्यक्ष प्रचण्ड उपाध्यक्ष गौतमलाई भेट्न पुग्नुले अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै नचलेको भएकाले दुवै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतको नेताहरुले माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो।