प्रचण्ड बन्ने ध्याउन्नमा पुष्पकमल ! - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

प्रचण्ड बन्ने ध्याउन्नमा पुष्पकमल !



 

काठमाडौँ, ८ भदौ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू केही वर्षभित्र प्रचण्ड बन्ने घोषणा गरेका छन् ।

आफूलाई प्रतिक्रियावादीहरुले पुष्पकमल नै देख्न चाहेको तर, जनता,कार्यकर्ता,सहिद र वेपत्ता परिवार र माओवादीका समर्थकहरुले प्रचण्ड बनेको देख्न चाहेको भन्दै उनले केही वर्षभित्र प्रचण्ड बनेर उदाउने घोषणा गरेका हुन् ।

‘म प्रचण्ड बन्ने धेयमा छु । पार्टीका नेता कार्यकर्ता,समर्थक,शुभचिन्तक,सहिद र वेपत्ता परिवारले पनि मलाई प्रचण्ड देख्न चाहनु भएको छ । एक वा डेढ वर्षमा प्रचण्ड बनेर देखाउँनेछु’ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बुधवार काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनको उदघाटन कार्यक्रममा प्रचण्डले थपे, ‘पहिला प्रतिक्रियावादीहरु माओवादी भन्ने बित्तिकै डराउथे,बिचमा माओवादी केही होइन भन्ने ठान्न थाले । अहिले तपाईहरु बुझिहाल्नुहुन्छ नि । अहिले हामी माओवादीहरू एक हुन थालेपछि प्रतिक्रियावादीहरुको सातो गएको छ ।’