एकतापछि प्रचण्ड झन बलिया - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एकतापछि प्रचण्ड झन बलिया



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका हुन् । भित्र भित्र उहाँ जीर्ण बन्दै जानुभएको छ ।

औषधि साथमा लिएर हिंड्नुपर्ने र त्यो औषधिको ‘साइड इफेक्ट’ का कारण ओलीको निर्णयमा सनक देखिन थालेको छ । उहाँ कहिलेकाँही मध्यरातमा मन्त्रीहरुलाई बोलाइदिने र कहिलेकाँकी मध्यरातमै मन्त्रिपरिषद् बैठक डाकेर विवादास्पद निर्णय गर्न थाल्नुभएको छ । ओलीको स्वास्थ्यमा आएको खराबीले उहाँमा मानसिक असरसमेत परेका ठम्याई बालुवाटारमा रहेका धेरैले गर्न थालेका छन् ।

पाँच वर्ष सरकार चलाउँछु भनेर सक्रिय भइरहनुभएको ओलीको स्वास्थ्यबारे नेकपाको भित्री तहमा चर्चा चल्न थालेपछि केही नेता आफ्नो राजनीतिक भबिष्य सुरक्षित गर्नतर्फ लागिसक्नुभएको छ । नेकपाको दुईजना अध्यक्ष रहेकोले अब शक्तिशाली प्रचण्ड नै रहने निश्चित छ । अहिले पनि प्रचण्ड केन्द्रीय समिितमा बहुमतमा हुनुहुन्छ । उहाँले कम्तिमा ६० प्रतिशत केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा पार्ने गरी सक्रियता बढाइसक्नुभएको छ । पूर्व एमालेका असन्तुष्ट नेताहरुलाई प्रचण्डले आफ्नो बनाइसक्नुभएको छ । आजको साप्ताहिक विमर्शबाट ।