प्रचण्डले मागे माओवादी मन्त्रीहरूको ‘प्रगति रिपोर्ट’, बैठक सिंहदरबारमा जारी - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्रचण्डले मागे माओवादी मन्त्रीहरूको ‘प्रगति रिपोर्ट’, बैठक सिंहदरबारमा जारी



काठमाडौं । सरकारमा सहभागी मन्त्रीहरूको रिपोर्ट बुझ्न, माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका छन् । माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सरकार सञ्चालन संयन्त्रको बैठक सिंहदरबारमा सुरु भएको बताइएको छ । प्रचण्डको निजी सचिवालयका अनुसार बैठकमा संयन्त्रका सचिव हरिबोल गजुरेल र सदस्यका रुपमा नेपाल सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री र राज्यमन्त्री सहभागि छन् ।

‘सरकारको कामलाई प्रभावकारी बनाउन र आफूले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ बढी जनमुखी बनाउने विषयमा छलफल केन्द्रीत रहेको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘अध्यक्ष कमरेडद्वारा माथि उल्लेखित विषयमा मन्त्रीज्युहरुको रिपोर्ट सुन्ने र दिशानिर्देश गर्ने काम भैरहेको छ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारकारमा माओवादीका तर्फबाट ५ मन्त्री र एक राज्यमन्त्री छन् ।