ओलीलाई प्रचण्डको चुनौती – राष्ट्रिय समस्या म हो कि तपाईं हो ? बहस गरौँ
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली वा आफूमध्ये को राष्ट्रिय समस्या भएको भन्ने विषयमा बहस गर्न आग्रह गरेका छन् ।
सदनमा बोल्दै प्रचण्डले भने, ‘संविधान बनाउँदै तपाईंलाई प्रधानमन्त्री बनाउने म राष्ट्रिय समस्या कि तपाईं, पार्टीभित्रको झगडाका कारण सदन विघटन गर्नुभयो, म राष्ट्रिय समस्या कि तपाईं , बहस गरौँ ।’
प्रधानमन्त्रीले संविधानलाई आईसीयूमा पुर्याएको उनको आरोप थियो । विश्वासको मत लिने प्रधानमन्त्रीको प्रयास प्राकृतिक नलागेको उनको भनाइ थियो ।