प्रचण्ड र बादलको द्वन्दको सिकार बने धुर्मुस सुन्तली

काठमाडौँ–
सत्ताधारी पार्टीका वरिष्ठ नेताहरूको जुँगाको लडाइँले कसरी राष्ट्रिय गौरवको विषय बन्दै गइरहेका योजना पनि प्रभावित हुन्छन् भन्ने कुरा चितवनमा देखा परेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह जिल्ला चितवनमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चुत्थो ‘राजनीति’ प्रवेश गरेको छ।
भरतपुर महानगरपालिकाकी मेयर दाहालकी छोरी रेणु छिन् र त्यहीँ बादलका सक्रिय कार्यकर्ता प्रकाश कँडेलले रङ्गशालाको निर्माण आफूले पाउनु पर्ने भन्दै बितन्डा मच्चाएका हुन्।
केन्द्रीय राजनीतिमा प्रचण्ड ओलीतिर ढल्किएपछि बादललाई असर पर्दा त्यसको प्रभाव भने दुवै गृहजिल्लातिर देखिन थालेको छ।
रेणु दाहालको आदेशमा प्रहरीले कँडेललाई पक्राउ गरिसकेको छ। गृहमन्त्रीको मातहतमा आउने प्र.जि.अ. आउने भएता पनि कुनै हालतमा कँडेललाई नछोड्ने बताइएको छ।
फेरि, जिल्लाका एसएसपी दानबहादुर मल्ल पनि दाहालका पर्सनल सेक्युरिटी अफिसर रहिसकेका व्यक्ति हुन्।
धुर्मुस सुन्तली फाउन्डेसनले कोष सङ्कलन गरेर विश्वस्तरको क्रिकेट रङ्गशाला बनाउने प्रतिबद्धता जनाएपछि सोको जिम्मा पाएका थिए।
टेन्डर आह्वान गरी प्रतिस्पर्धाका आधारमा ठेकेदारको छनौट तयारी गर्दैगर्दा, कँडेलले बितन्डा मच्चाएका हुन्। यस काण्डमा गृहमन्त्री वा उनका परिवारका सदस्यको संलग्नता छ छैन स्पष्ट भएको छैन।

