बैठकमा प्रचण्डले गरे नारायणकाजीको बचाउ - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

बैठकमा प्रचण्डले गरे नारायणकाजीको बचाउ



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको स्थायी कमिटि बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम जोडेर अनर्गल प्रचार भएको भन्दै श्रेष्ठको बचाउ गरेका छन् ।

प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई एउटा हाइड्रोको विवादसँग जोडेर फैलाइएको भ्रमको पछि नलाग्न बैठकमा आग्रह गरेका थिए।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले लामा र हाइड्रो पावरको सेयर विवादमा पार्टी प्रवक्तालाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन्।

उनले सम्बन्धित हाइड्रो व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र प्रवक्ताले पनि तपाईंहरू मिल्नुस् भन्नेबाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न आग्रह गरेको बैठकपछि श्रेष्ठले बताए।