प्रचण्डले गरे २३६ जना केन्द्रीय सदस्यको नाम वाचन - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

प्रचण्डले गरे २३६ जना केन्द्रीय सदस्यको नाम वाचन



काठमाडौं- नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका छन्।

उनले अहिले २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरिरहेका छन्। बाँकी ६३ जना पछि मनोनीत गर्ने बताइएको छ।

आज साढे ४ बजे सुरु भएको बन्दसत्रमा विभिन्न प्रस्तावहरु पारित भएपछि प्रचण्डले केन्द्रीय समिति सदस्यको सूची प्रस्तुत गर्न थालेका हुन्।

बन्दसत्रले केन्द्रीय समिति सदस्यको प्रस्तावित नाम अनुमोदन गर्ने बताइएको छ। अनुमोदन नभएमा निर्वाचन हुनेछ। त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।