डा. भट्टराईले प्रचण्डलाई भने : प्रचण्डमा बिचारको समस्या भयो - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

डा. भट्टराईले प्रचण्डलाई भने : प्रचण्डमा बिचारको समस्या भयो



काठमाडौं।नयाँ शक्तिका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष प्रचण्डले बिप्लवले आफ्नो हत्या योजना बनाएको कुरालाई दन्तबझानको संज्ञा दिएका छन्।

दुई पुराना कम्युनिष्टहरुको एक अर्का प्रतिको आरोप मात्र रहेको डा. भट्टराईको बुझाई रहेको छ। यसअघि पनि उनले नेपालका कम्युनिष्टहरु अवसानको बाटोमा भन्दै ट्विट गरेका थिए।

पछिल्लो समय सरकारले नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डको हत्या योजना रहेको जानकारी पछि बिप्लव बिरुद्ध कडा रुपमा प्रस्तुत हुने सरकारले घोषणा गरेको छ। उक्त घोषणालाई केहीले कम्युनिष्ट सर्वसत्तावाद लाद्ने र लामो समय शासनमा रहने उपायको रुपमा पनि शंका गरेका छन्।

यसैगरि पुष्पकमल दहालले माओवादी शान्ती प्रकृयामा आएदेखि नै आफ्नो हतयाको योजना रहेको भन्ने कुरा बारम्बार सार्वजनिक रुपमा बोलिरहेका छन्। उनले कहिले आफुलाई मदन भण्डारी जस्तो हत्या गरिने आशंका रहेको बताउने गरेका थिए भने कहिले आफ्नो हत्या योजना बनिरहेको आफुले थाहा पाएको सार्वजनिक गर्थे ।

यसरी देशको शक्तिशाली मान्छेको हत्या योजनाको सुईंको पाउने तर योजनाकारहरु कहिल्यै पक्राउ परेको सार्वजनिक नहुनु पनि आफु मै आश्चार्य चकित पार्ने संयोग हो। सुरक्षाकर्मीको निकम्मापन हो या जनताको ध्यान अन्त मोड्न गरिने भाषणबाजी मात्र हो ? पछिल्लो समय दोस्रो कुरामा धेरैले सहमति जनाउन थालेका छन्.।

यही क्रममा डा. भट्टराई लेख्छन ‘भनिन्छTwo wrongs don’t make a right!पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ!समस्या व्यक्तिको नभएर विचारको हो!यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो!इतिहासले दुवैलाई गलत सावित गरिसकेकोछ! खाँचो नयाँ विचारको हो!’

दुई गलत मिलेर सही हुँदैन भन्दै प्रचण्ड र बिप्लव दुवै गलत बाटोमा रहेको बताएका छन्। दुवै कम्युनिजमलाई ईतिहासले गलत सावित गरेकाले नयाँ बिचार लिएर अघि बढ्न भनेका छन्। भट्टराईले समस्या ब्यक्तिको होईन बिचारको हो भनेका छन्।

भनिन्छTwo wrongs don’t make a right!पूर्व क.प्रचण्ड र विप्लव दुवै गलत बाटोमा हुनुहुन्छ र एकअर्कालाई संगीन आरोप लगाइरहनुभएको छ!समस्या व्यक्तिको नभएर विचारको हो!यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपन्थी कम्युनिज्म वीचको हो!इतिहासले दुवैलाई गलत सावित गरिसकेकोछ!खाँचो नयाँ विचारको हो!