प्रचण्ड किन पुगे बाबुरामको शरणमा ? - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

प्रचण्ड किन पुगे बाबुरामको शरणमा ?



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गलाउन खोजेपछि प्रचण्ड यतिवेला नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग नजिकिएका छन् ।

माओवादी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले बैशाख ९ गते यता लगातार बाबुरामसँग भेटवार्ता गरिरहेका छन् । प्रचण्डले बाबुरामलाई उनकै निवासमा पुगेर भेटेको स्रोतको दाबी छ ।

पार्टी एकताको नाममा एमाले अध्यक्ष ओलीले आफूलाई गलाउन खोजेको गुनासो पोख्दै आगामी दिनमा मिलेर जानेगरि बाबुरामसँग प्रस्ताव गरेका छन् ।

प्रचण्डले एकताको लागि ५०/५० को अनुपातको अडान लिएका छन् । तर, ओली भने माओवादीसँग बराबरीको हैसियत दिएर एकता गर्ने पक्षमा छैनन् । ओलीको अभिव्यक्तिबाट झस्किएका प्रचण्ड यतिवेला बाबुरामको साथ र सहयोग आवश्यक महशुस गरेर भेट्न पुगेका छन् ।

बाबुरामले प्रचण्डको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै समाजवादी केन्द्र बनाएर अघि बढ्ने धारणा राखेका थिए । बाबुरामले पूरानै तरिकाबाट अब हिँड्न नहुने भन्दै प्रचण्डलाई पनि नयाँ तरिकाले अघि बढ्न सुझाएका थिए ।

ओलीले कम्युुनिष्ट पार्टी स्थापना दिवसको दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राखिएको ब्यानर माओवादी केन्द्रका कार्यकर्ताले हटाएकोमा आपत्ति जनाएका थिए ।

१९औं मनमोहन स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माक्र्स र लेनिनको फोटो नराखी ब्यानर तयार गरिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले ब्यानर आंतक मच्चाएको भन्दै माओवादी अझै सुध्रन नसकेको बताएका थिए । उनले पञ्चायतविरुद्ध उफ्रनु र बनाएर राखिएको ब्यानर फालेर उत्रनु फरक नभएको टिप्पणी गरेका थिए ।