प्रचण्ड भ्रमणको डरलाग्दो रहस्य : गुप्तचरसंगको नखुलेको पाटो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

प्रचण्ड भ्रमणको डरलाग्दो रहस्य : गुप्तचरसंगको नखुलेको पाटो



काठमाडौं । एक जना विवादीत व्यक्तिसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण भएको खुलेको छ । उनै विवादीतले नै उनको अमेरिका भ्रमण सहजीकरण गराएको पनि उल्लेख छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

अमेरिकी गुप्तचरीको काम पनि गर्ने आशंका गरिएका अमेरिकी मूलका नेपाली नागरिक चाल्र्स विलियम मेन्डिज प्रचण्डसँग देखिएका थिए । फ्रि तिब्बत अभियानका लागि अमेरिकी रकम नेपाली भूमीमा प्रयोग गर्नेमात्र नभएर उच्च तहका राजनीतिक व्यक्तिसँग विविध काममा मेन्डिजको भूमिका ‘शंकास्पद’ मानिन्छ ।

प्रचण्ड नेपाली राजनीतिका प्रभावशाली नेता मानिन्छन् । युद्धको विषयमा उनीविरुद्ध अमेरिकामा उजुरी परेको थियो । यो विषयलाई प्रचण्ड आफैंले पनि अनेक पटक पुष्टि गरिसकेका छन् । खासमा प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका थिए ।

प्रचण्ड अमेरिकाबाट फर्किने क्रममा न्युयोर्क विमानस्थलमा खिचिएको एउटा तस्बिरमा चाल्र्स विलियम मेन्डिज पनि देखिएका छन् । सुरक्षा संयन्त्रका प्रमूख तथा विभिन्न राजनीतिज्ञले पनि उनलाई ‘पावर ब्रोकर’ भनेर बुझ्ने गरेका छन् ।

हालका एआइजी पुष्पकर कार्की काठमाडौं प्रहरी परिसरका प्रमूख हुँदा मेन्डिजलाई चेक बाउन्सको अभियोगको उजुरी परेको थियो । उनै मेन्डिजसँग रहेको सम्बन्धका आधारमा केही समयअघि कार्की तिब्बती अभियानकर्मीसँग नजिक पनि रहेको बताइन्छ ।

विवादीत मेन्डिजलाई प्रहरीले उनका व्यापारीक साझेदारी अमेरिकन नागरिक अलेक्जेन्डर बोरिसको उजुरीका आधारमा पक्राउ गरिएको थियो । बोरिसले लिखित उजुरी दिएपछि शक्ति केन्द्रको वरीपरि भए पनि मेन्डिजलाई पक्राउ नगरी नहुने अवस्थामा प्रहरी पुगेको थियो ।

मेन्डिज बैंकिङ कसुर अभियोगमा पक्राउ परेका थिए । मेन्डिजको संगत उच्च तहका राजनीतिक व्यक्ति, पूर्वराजपरिवारका सदस्य र काठमाडौंका उच्च घरानीया परिवारसँग राम्रो सम्बन्ध रहेको मात्र पत्ता लागेन, उनी कुटनीतिक अभियानमा पनि सक्रिय रहेको सुरक्षा अधिकारीले पत्तो लगाएका थिए ।

मेन्डिज गोसाईकुन्डका नियमित ग्राहक भएर सोल्टी होटलमा बस्ने गर्छन् । मेन्डिजले त्यसबेला साझेदार बनाएका बोरिसलाई तीनवटा चेक दिएका थिए– ५० लाख, ३० लाख र १६ लाखको । तीनै चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी गरिएको थियो ।

शक्ति केन्द्रमा खेल्ने भएकाले सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डसँग नजिक रहेका कार्यकर्ता र नेतासँग मेन्डिजको दह्रो उठबस छ । खासगरी पर्यटन व्यावसायसँग सम्बन्धित प्रचण्डनजिकका कतिपयलाई उनले समातेका थिए ।

प्रचण्डको संगत मेन्डिजसँग मात्र होइन, हरके विदेश भ्रमणमा विवादीतसँग हुने गरेको छैन । सचिवालयले ध्यान नदिँदा उनको यस्तो सम्बन्ध बेलामौका बाहिर आउने गरेको छ ।

प्रधानमन्त्री भएर भारत गएका बेला नेपाल सरकारले खोजी सूचीमा रहेका रेशमलाल चौधरीसँग उनको भेट भएको थियो । त्यस विषयमा पनि प्रचण्ड आलोचित भएका थिए । विवादीत व्यापारी अजेयराज सुमार्गी, विवादीत ठेकेदार शारदा अधिकारीको घरमा नै उनी बसेको विषय पनि चर्चामा आएको थियो ।