छोरीज्वाइँ बोकेर प्रचण्ड अमेरिकातिर : हल्ला उपचारको, रहस्य अर्कै ! - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

छोरीज्वाइँ बोकेर प्रचण्ड अमेरिकातिर : हल्ला उपचारको, रहस्य अर्कै !



काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका जाँदै छन् । उनको प्रमुख उद्देश्य भनेको पत्नी सीताको उपचार नै हो । उनको साथमा छोरी ज्वाइँ गङ्गा र जीवन आचार्य पनि रहनेछन् । तर प्रचण्ड अमेरिका जाने अरुपनि रहस्य खुलेको छ ।

भेनेजुएला प्रकरणमा अमेरिकाबिरुद्ध अभिव्यक्ति दिएर विवादित बनेका प्रचण्डलाई अमेरिकाबाट विशेष निमन्त्रणा आएको बुझिएको छ । उनले भेनेजुएलाको सपोर्टमा बोलेपछि अमेरिकाले उनलाई फरक नजरले हेरेको नेकपाका एक नेताले बताए ।अमेरिकामा उच्चस्तरको भेटघाट र छलफल हुने पनि उनले बताएका छन् ।

प्रचण्ड पहिले देखिनै अमेरिकाबिरुद्ध खरो उत्रिने गरेका थिए, उनले अमेरिकी साम्राज्यवादको बिरोध युद्धकालदेखि नी गर्दै आइरहेका छन् ।

पछिल्लो समय अमेरिकी राजदूतले भेटेर यसबारे बताएको र भ्रमणको निम्तो दिएको पनि बुझिएको छ । उनले पत्नीको उपचार र यो भेटघाट एकैसाथ गर्दा आफूलाई बढी फाइदा हुने भएपछि यस्तो निर्णय गरेका हुन् । त्यसैले पत्नीको हेरचाहको लागि छोरीज्वाईं पनि लिएर जान लागेका हुन् ।

यसअघि पत्नी सीताको उपचारको लागि सिङ्गापुर लगेका थिए । सिङ्गापुर लैजाँदा पनि प्रचण्ड आफैले लागेका थिए ।

प्रचण्ड पत्नी सिता लामो समयदेखि बिरामी छिन । पछिल्लो समय उनलाई पार्किन्सन भएको डाक्टरले बताएका छन् ।