सकेसम्म यो गठबन्धन बचाउने जोड गरिरहेका छौं - प्रचण्ड - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सकेसम्म यो गठबन्धन बचाउने जोड गरिरहेका छौं – प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सत्तारूढ गठबन्धनलाई बचाएर अघि बढ्नुपर्नेमा आफ्नो जोड रहेको बताएका छन् ।

बिहीवार अपराह्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठबीच भएको छलफलपछि बाहिरिने क्रममा प्रचण्डले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

तीन जना नेताको सिंहदरबारमा भेट भएको थियो ।

‘हामी तीन दल मात्र एकमत हुने कुरा होइन,’ प्रचण्डले भने, ‘सकेसम्म यो गठबन्धनलाई बचाएर अघि बढ्नेमा हाम्रो जोड छ । साँझ पाँच बजे गठबन्धनको बैठक छ, त्यसैका लागि हामी अहिले छलफल गरेका हौँ ।’

प्रचण्डले आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । भेटवार्तामा एमसीसीबारे कस्तो छलफल र सहमति भयो, खुलाइएको छैन ।

प्रचण्ड र नेपाल एमसीसीलाई संसदमा टेबल गर्न नदिने पक्षमा रहेका छन् । प्रधानमन्त्री देउवा भने शुक्रवार बस्ने प्रतिनिधि सभाको बैठकमा जसरी पनि एमसीसी टेबुल गर्ने अडानमा छन् ।

एमसीसीकै कारण सत्ता गठबन्धनको निरन्तरतामा समस्या पैदा भएको छ ।