सरकारबारे प्रचण्डले मुख खोले ! - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

सरकारबारे प्रचण्डले मुख खोले !



काठमाडौं : सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न सुशासन र तीव्र आर्थिक विकासमा जोड दिइएको पनि स्पष्ट पारे। बिहीबार काठमाडौंमा लेखनाथ न्यौपानेद्वारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तक विमोचन गर्दै उनले आफ्नो पार्टी र सरकारका निम्ति मुलुकलाई समृद्ध बनाउने चुनौती रहेको पनि बताए।

उनले समाजमा विद्यमान चुनौतीलाई सामना गरेर भोलिको नेपाल निर्माण गर्ने अभियानमा जुटन पनि युवाहरुलाई आह्वान गरे। अध्यक्ष दाहालले राजनीतिमा जति सन्तुष्टि अन्य क्षेत्रमा नभएको भन्दै त्यसमा समर्पित भएर लागि पर्न पनि पार्टीका युवा नेताहरुलाई आग्रह पनि गरे।