नेकपा फुटाउने खेलबारे प्रचण्डको नयाँ खुलासा ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेकपा फुटाउने खेलबारे प्रचण्डको नयाँ खुलासा !



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेकपामा फुट पार्ने प्रयास भइरहेका बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा दाहालले पार्टीलार्इ फुटाउने र सरकारलाई कमजोर बनाउने षडयन्त्र भइरहेको दाबी गरेका हुन्।

पार्टी फुटाउने षडयन्त्र भएको बताएपनि षडयन्त्र कसले गरेको भन्ने बारे दाहालले केही बताएनन्। उनले त्यस्तो षडयन्त्र चिरेर अघि बढने दृढता व्यक्त गरे।

अध्यक्ष दाहालले पार्टीमा विभिन्न खालका चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने पनि बताए।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने एक मात्रै शक्ति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेको पार्टीमा प्रवेश गरेका युवाहरुले पनि पुष्टि गरेको दाबी गर्दै राष्ट्र र जनताको हितमा सरकारलाई अझै मजबुतका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे। उनले पार्टीले विकास र समृद्धिको उडान भर्ने तयारी गरिरहेको दाबी पनि गरे।

कार्यक्रममा काठमाडौं, ललितपुर र ओखलढुंगाका विभिन्न राजनीतिक दलका युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए।