यसकारण कोरिया हापेर भारत जाँदैछन प्रचण्ड ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यसकारण कोरिया हापेर भारत जाँदैछन प्रचण्ड !



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तर कोरियाको भ्रमण स्थगित गरेका छन् । उनी कोरियाभन्दा पहिले भारतको भ्रमण गर्ने टुंगो लागेको छ ।

आगामी सेप्टेम्बर ९ तारिखमा आयोजना हुने उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन प्रचण्डलाई निम्तो आएको थियो । तर, सोही समयमा भारत भ्रमणको मिति निश्चित गरिएकाले उनी कोरिया जान नसक्ने भएका हुन् ।

उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीले प्रचण्डलाई भ्रमणको निम्तो दिएको थियो । उक्त निम्तो पत्र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ्ग हकले प्रचण्डलाई हस्तान्तरण गरेका थिए । यद्यपी अध्यक्ष प्रचण्डले फेरी समय मिलाएर उत्तर कोरियाको भ्रमण गर्न सक्ने स्रोतले बतायो ।

तर बाहिर भने प्रचण्डले उत्तर कोरिया भ्रमण नगर्नुको कारण अर्कै भएको जानकारले बताएका छन् । पछिल्लो पल्ट प्रचण्डको अष्ट्रेलिया भ्रमण पनि रद्ध भएको थियो । सुरक्षा थ्रेटका कारण अष्ट्रेलिया भ्रमण रद्ध भएको थियो । अहिले उत्तर कोरिया पनि शुरक्षा थ्रेटकै कारण रद्ध गरिएको श्रोतले जनाएको छ ।