नारायणकाजीको राजिनामाबारे प्रचण्डको नयाँ खुलासा !
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा नदिएको बताएका छन् ।
आज वीरगंजमा सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रचण्डले पार्टी भित्र कुनै विवाद नभएको बताए ।
नारायणकाजी श्रेष्ठ तपाईँहरुसित बिच्किएर हिँड्नुभयो नि भन्ने सञ्चारकमीृहरुको प्रश्नको जवाफमा उनले भने, कहाँ हिँड्नुभा छ ? कहीँ हिँड्नुभा छैन । त्यही हुनुहुन्छ र कहीँ हिँड्नु हुन्न उहाँ । बिच्किनुभा छैन, बेकारमा त्यो अनावश्यक कुराको चर्चा गर्नु नै बेकार छ’, उनले थपे, ‘पार्टी मै हुनुहुन्छ त उहाँ प्रवक्तै हुनुहुन्छ अहिले पनि उहाँ । त्यसकारण यो त्यस्तो विवाद हैन ।’
साथै प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र एक भइसक्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले २५ गतेसम्म तलबाट सुझाब मागेको र सोही सुझाबका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने बताए । प्रचण्डले केहि दिनमै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने बताए । ‘भोलि वा पर्सी परिषदबाट सिफारिस हुन्छ’ उनले भने ।
प्रचण्डले रिक्त रहेका संवैधानिक निकायमा पदपूिर्त गर्ने बारेमा प्रधानमन्त्रीसँग छलफल भएको स्पष्ट पारे ।
उनले भने, ‘संविधानले व्यवस्था गरेअनुसार अरु संवैधानिक आयोगहरु पनि निर्माण गर्ने बारेमा छलफल भएको छ । प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिनुहुन्छ ।’
उनले न्यायालयको नेतृत्व खाली नहुने बताउँँदै संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाइ नै मुख्य कुरा भएको बताए ।
‘हामीले संसदीय सुनुवाइ समितिको व्यवस्था राखेको संसदको सर्वोच्चतालाई स्थापित गर्ने उद्देश्यले हो । त्यसकारण त्यहाँ पर्ने उजुरी र त्यसमा सांसदहरुले गर्ने छानबिनमा भर पर्छ,’ उनले भने, ‘संवैधानिक परिषदबाट सिफारिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नैपथ्र्यो भन्ने एउटा बहस छ भने अर्को संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाइ समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानबिन गर्न पाउनुपर्छ भन्ने बहस छ । हामीले संसदको सर्वोच्चतालाई महत्व दियौँ र स्थापित गर्यौं ।’