नेकपाको बिरुद्धमा देशीविदेशी प्रतिक्रियावादी लागे: प्रचण्ड - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

नेकपाको बिरुद्धमा देशीविदेशी प्रतिक्रियावादी लागे: प्रचण्ड



नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको लोकप्रियता देखेर देशीविदेशी प्रतिक्रियावादीहरु यसको विरुद्धमा लागेको बताएका छन्।

शुक्रबार गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपाको लोकप्रियता कम गर्नका लागि अनावश्यक मुद्दालाई झिकेर अराजकता र अस्थिरता उत्पन्न गर्ने प्रयास भैरहेको बताए।

‘नेकपालाई के गरेर कमजोर पार्ने भनेर अनेकौं खालका कसरत सुरु भएका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘कहिले के नाममा, कहिले कुनै घटनालाई उचालेर देशमा अस्थिरता र अराजकता पैदा गर्न खोजिँदैछ।’ उनले अस्थिरता र अराजकता पैदा गर्न खोज्नेहरुको सपना कहिल्यै पूरा नहुने पनि दावी गरे।