गठबन्धन नटुट्ने तर प्रचण्ड-नेपाललाई निम्तियो नयाँ डर - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

गठबन्धन नटुट्ने तर प्रचण्ड-नेपाललाई निम्तियो नयाँ डर



अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अघि बढाउने विषयमा बिहीवार साँझसम्म असहमत रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदन गर्न सहज हुने गरी बीचको बाटो रोज्ने तयारी गरेका छन् ।

एमसीसीप्रतिको असन्तुष्टिका कारण एकातिर सत्ता गठबन्धन भत्किने, अर्कातिर सरकारबाट फिर्ता हुनुपर्ने र आगामी निर्वाचनमा एक्लै लड्दा हारिने डरले माओवादी केन्द्र र नेकपा एस एमसीसीप्रति लचक बन्ने सम्भावना बढ्दै गएको छ ।

एमसीसीप्रतिको असन्तुष्टिका कारण एकातिर सत्ता गठबन्धन भत्किने, अर्कातिर सरकारबाट फिर्ता हुनुपर्ने र आगामी निर्वाचनमा एक्लै लड्दा हारिने डरले माओवादी केन्द्र र नेकपा एस एमसीसीप्रति लचक बन्ने सम्भावना बढ्दै गएको छ ।

ती दुवै दलका शुक्रवार भएका आन्तरिक बैठक र छलफलमा सरकारमा मन्त्री रहेका नेताहरूले चुनावको अवस्थालाई विश्लेषण गरेर पार्टीले निर्णय लिनुपर्ने भनेका थिए ।

‘न गठबन्धन जोगिन्छ, न सरकारमा नै रहन सकिन्छ, चुनावमा जित्ने अवस्था पनि नबन्न सक्छ, एमसीसीमा बीचको बाटोबाट अघि बढौं भन्ने विषयमा बैठकमा धारणा आयो, अझै थप छलफल पछि कसरी अघि बढ्ने भन्ने निर्णय हुन्छ,’ नेकपा माओवादी केन्द्रका एक नेताले भने ।

नेकपा एसको बैठकमा पनि सोही आशय मन्त्रीहरूले राख्दै आएका छन् । नेकपा एसमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ खुलेरै एमसीसीको पक्षमा लबिङमा छन् ।

माओवादी केन्द्रका नेताहरू आन्तरिक बैठक सकेर सोही नीतिसहित शुक्रवार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए ।

सो क्रममा उनीहरूले एमसीसीका विषयमा संसद्मा छलफल हुँदै गर्दा आफूहरू बैठक बहिष्कार गरेर बाहिर निस्कने वा मतदानका बेला अनुपस्थित हुने र एमसीसी पारित गर्न सहयोग गर्ने गरी वातावरण बनाइदिने भनेका थिए ।

भेटमा सहभागी एक कांग्रेस नेताले एमसीसीप्रति माओवादी केन्द्रको धारणा बदलिएको अनुमान गर्न सकिने जानकारी दिए ।

‘उहाँहरू अडानबाट टसमस भएको अवस्था थिएन, अहिले चुनावमा हारिने सबैभन्दा ठूलो डर देखिएको छ, गठबन्धन पनि नरहने सरकारमा पनि बस्न नमिल्ने बाध्यताका कारण माओवादी केन्द्र र नेकपा एसको अघिल्लो दिनको धारणा शुक्रबार आइपुग्दा केही बदलिएको अनुमान गर्न सकिन्छ,’ ती कांग्रेस नेताले भने ।

अघिल्लो दिन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले गठबन्धनअघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफल गरेका थिए । एमालेसँगको संवाद सकारात्मक रहेको भनिएको थियो ।

शुक्रवार बसेको माओवादी केन्द्रको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको थियो । राजधानीमा खबर छ ।