प्रचण्डलाई धेरै धोएँ कहिलै सुध्रिएनन्: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

प्रचण्डलाई धेरै धोएँ कहिलै सुध्रिएनन्: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी ओली ३ वर्षमा आफ्नो साबुन र स्याम्पु धेरै खर्च भएको तर प्रचण्ड ओलीलाई सफा गर्न नसकिएको कटाक्ष गरेका छन् ।

ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन । उनले आफूविरुद्ध गुट बनाएर बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए ।

आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनले बताए । षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’

ओलीले अघि भने, साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’