प्रचण्डले भने- राष्ट्रपतिको बारेमा बोल्नै पाइन्न भन्ने केपी ओली को हो ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

प्रचण्डले भने- राष्ट्रपतिको बारेमा बोल्नै पाइन्न भन्ने केपी ओली को हो ?



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीको बारेमा बोल्ने पाईन्न भन्ने त्यो केपी ओली को हो भन्दै प्रश्न गरेका छन् । उनले राष्ट्रपति प्रधानमन्त्री ओलीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको बताए।

विपक्षी गठबन्धनको तर्फबाट पत्रकारहरुसँग अन्तरक्रियामा आक्रोशित मुद्रामा देखिएका प्रचण्डले प्रचण्डले राजाको विरोध गरेर आएका हामी नै हौँ भन्दै राष्ट्रपतिको कमजोरीमा विरोध गर्न पाईन्न, बोल्न पाईन्न भन्ने ओलीको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरे ।

ओलीले विपक्षी राष्ट्रपतिलाई मनपरी भन्न अहिले विपक्षी गठबन्धनमा प्रतिस्पर्धा चलिरहेको बताएका थिए । सोहि अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले भने, ‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो । त्यसको विरोध गर्न किन नपाउने ? राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ?’

केपी ओली लोकतन्त्र र गणतन्त्रको विरोधी रहेको भन्दै विदेशीको आडमा ओलीले निरकुंश शासन चलाउन खोजेको आरोप उनले लगाए । उनले विदेशीका सामू हेपिन तयार नरहेको समेत बताए ।

प्रचण्डले भने– संविधान बनाउने बेला कति तनाव थियो, कति दवाव थियो । नेपाली मिलेरै बनाइयो । चुनाव नगराउन नि दवाव थियो । गरायौँ । अहिले पनि नेपालको निर्णय नेपालीले गर्ने हो । हामी हेपिन तयार छैनौ ।