ओलीको उछितो काड्ने प्रभु शाह उनकै 'क्याबिनेट'मा - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

ओलीको उछितो काड्ने प्रभु शाह उनकै ‘क्याबिनेट’मा



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको घोर विरोध गरेर विज्ञप्ति नेकालेको पाँच दिनमै नेकपाका नेता प्रभु शाह उनी ओलीको मन्त्रिपरिषदमा गएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि ओलीको निर्णय आत्मघाती हुने भन्दै विज्ञप्ति निकालेका थिए ।

संसद विघटनको निर्णयलाई सोमबार आपत्तिजनक भनेका नेता साह त्यसको पाँच दिनपछि मन्त्री बनेका छन्। बिहिबार सम्म प्रचण्ड-नेपाल समुहमा खुलेर लागेका शाहको मन्त्रीमा नाम आएपछि नेता कार्यकर्ता आश्चर्यमा परेका थिए ।

मन्त्री पद प्राप्त गर्ने भएपछि पूर्वविचारलाई त्याग्दै साह ओली समूहमा लागेका छन्। ‘सहमतिमा अगाडि बढ्नुको सट्टा नेपालको संविधानको मूल मर्म र जनादेशविपरीत २ वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवं आपत्तिजनक कार्य हो‚’ साहले सोमबार लेखेका थिए।