प्रभु ग्रुपको 'प्रभु पे' डिजिटल वालेटको सुरुवात - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रभु ग्रुपको ‘प्रभु पे’ डिजिटल वालेटको सुरुवात



प्रभु ग्रुपले नेपालमा “वालेट अब मोबाइलमा” भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेटको सुरुवात गरेको छ ।

विहिबार एक समारोहकाबीच प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु पे डिजिटल वालेटको प्रयोग गरि सेवाको सुरुवात भएको जानकारी गराए ।

प्रभु पे डिजिटल वालेट आफ्नो मोबाईलमा डाउनलोड गरेपछि पैसासंग सम्बन्धित सम्पुर्ण कार्यहरु त्यसैबाट गर्न सकिन्छ ।

वित्तिय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली पानीको बील भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाईल रिचार्ज गर्न यो एपले सहयोग पुर्याउने छ ।

यो एपबाट अनलाईन मात्रै नभई युनियन पे र क्यूआर कोड स्क्यान मार्फत पनि पैसा तिर्न सकिन्छ । प्रभु पे ले नियमित ग्राहकलाई १० लाख रुपैयाको दुर्घटना बिमाको सुविधा पनि दिएको छ ।

प्रभु ग्रुप अन्र्तगत बैक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी र सुचना प्रविधि र व्यवस्थापन सम्बन्धि विभिन्न कम्पनि छन् ।