ऋतिक रोशनदेखि सलमान खानसम्म खेल्न नसकेको फिल्म खेल्दै प्रभास - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

ऋतिक रोशनदेखि सलमान खानसम्म खेल्न नसकेको फिल्म खेल्दै प्रभास



दक्षिण भारतीय फिल्म उद्योगका नायक प्रभास बाहुबली खेलेसँगै चर्चाको शिखरमा पुगे । बाहुबली–२ मा रेकर्ड तोड कमाइ गरेका प्रभावको आगामी फिल्म साहो आउने तयारीमा छ । यसका साथै उनी नयाँ फिल्ममा व्यस्त बनेको समाचारहरु सार्वजनिक भएका छन् ।

निर्देशक करण जौहार नयाँ फिल्म ‘शुद्धि’का लागि पछिल्लो तीन वर्षदेखि काम गरिरहेका छन् ।

फिल्मको मुख्य अभिनेताका लागि ऋतिक रोशनदेखि सलमान खानसम्मको नाम बाहिर आएको थियो । वरुण धवन पनि यस फिल्मसँग जोडिए ।

तर, फिल्मको विषयवस्तु यति गह्रौँ थियो कि कसैले चुनौती स्वीकार गरेनन् ।

अब अन्तिममा सो फिल्ममा प्रभासले अभिनय गर्ने पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बाहुबली सिरिजबाट चिनिएका प्रभासको आउन लागेको नयाँ फिल्म ‘साहो’ हो । साहो अगस्टमा रिलिज हुँदै छ । यो फिल्म हिन्दी भाषामा पनि आउँदै छ । शुद्धि नै प्रभासको बलिउड डेब्यु फिल्म हुने बताइएको छ ।